कोशी प्रदेशसभा बैठक आज बस्दै, कांग्रेसले बहिष्कार गर्ने

न्युजलय १३ जेठ २०८१, आइतबार ०५:४३ मा प्रकाशित

इटहरी । कोशी प्रदेशसभा बैठक आइतबार बस्दैछ । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारीसहित बैठक बस्न लागेको हो । तर, नेपाली कांग्रेसले भने बैठक बहिष्कार गर्ने भएको छ ।गत वैशाख ३१ मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाईसमेत कांग्रेसले बहिष्कार गरेको थियो ।

सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै कांग्रेसले निर्णय नै गरी सदनमा उपस्थित नहुने पत्र लेखेर सभामुखलाई बुझाएको थियो ।

कांग्रेस संसदीय दलका नेता उद्धब थापाले अदालतको निर्णयबाट मात्र संसद बैठक उपस्थित हुने, नहुने निर्णय गरिने बताए । आगामी पेशी जेठ १६ गते तोकिएको छ ।