बढ्यो सुनको मूल्य

न्युजलय १३ बैशाख २०८०, बुधबार ०४:५५ मा प्रकाशित

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार (आज) पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । 

महासंघले आज सुन तोलामा २०० रुपैयाँले उकालो लागेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ छ ।  

आज चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदीको कारोबार १४ सय १५ रुपैयाँमा भइरहेको छ ।