झापामा सार्वजनिक गाडीलाई अवरोध पुर्‍याउन खोज्ने तीन जना पक्राउ

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०७:३१ मा प्रकाशित

झापा । झापामा सार्वजनिक यातायातका साधनलाई अवरोध पुर्‍याउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

लक्ष्मीपुर सडकखण्डमा टायर बाल्न खोज्ने अर्जुनधारा –५ का राजकुमार बस्नेत पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विर्तामोड पठाएको छ।

यस्तै, विर्तामोडको मुक्ति चोकमा सार्वजनिक यातायातका साधन रोक्न खोज्ने दुई जनालाई विर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ। 

विर्तामोड–४ का बालकृष्ण बुढाथोकी र मेची नगरपालिका –१२ का रविन लिम्बूलाई विर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।