काठमाडौँ । बुधबार(आज) सेयर बजारको परिसूचक नेप्से १६.६ अंक घटेको छ । सो गिरावटपछि नेप्से १९१७ अंकमा कायम भएको छ ।
कारोबार रकम भने ७१ प्रतिशतले बढेको छ । मंगलबार ९६ करोडको धितोपत्र कारोबार भएकोमा बुधबार १ अर्ब ६५ करोडको भयो ।
३७ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ८ को स्थिर रह्यो । बैंकिङ १७, विकास बैंक ३०, फाइनान्स १९, जलविद्युत् १२, जीवन बीमा ८३, उत्पादन ५५, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३६, अन्य १० र ब्यापार उपसमूह १८ अंक घटे ।
होटल उपसमूह जम्मा ०.३ अंक बढ्यो । खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । नाडेप लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।