मिर्गौला बेच्न भारत लैजान लागिएका दुईजनाको उद्धार

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०६:०० मा प्रकाशित

काठमाडौं । आर्थिक प्रलोभन देखाएर मिर्गौला बिक्री गर्न भारत लैजान लागिएको अवस्थामा काठमाडौंबाट दुईजनाको उद्धार गरिएको छ ।

काठमाडौंको माछा पोखरीस्थित एक होटलबाट दुईजनाको उद्धार गरिएको हो । 

आर्थिक अवस्था कमजोर भएका उनीहरूलाई आर्थिक प्रलोभन देखाएर एउटा मिर्गौला बिक्री गर्दा ८ लाख रूपैयाँ पाइने भन्दै गिरोहले भारत लैजान उक्त होटलमा राखेको प्रहरीको दाबी छ ।

उनीहरुलाई भारत लैजान लागेको आरोपमा प्रहरीले मकवानपुरको हेटौँडा–१९ स्थायी घर भइ काठमाडौं –४ बसोबास गर्दै आएका ३९ वर्षीय मोती लामालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारप्रसार मुद्दामा लामालाई अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।