सर्लाहीको विष्णु गाउँपालिकामा स्यालले टोकेर १५ जना घाइते

न्युजलय ११ फाल्गुण २०७८, बुधबार ०२:४७ मा प्रकाशित

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका २ मा स्यालले टोक्दा १५ जना घाइते भएका छन् । आज मङ्गलबार बिहान घरमा बसिरहेका स्थानीयवासीलाई गाउँमा पसेको स्यालले टोकेको हो ।


गाउँमा पसेको स्यालले मान्छेसहित पशुलाई पनि टोकेको स्थानीयवासीले बताएका छन् । स्यालको टोकाइबाट घाइते भएकामध्ये ६ जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने बाँकी ९ जनालाई थप उपचारका लागि सरुवा रोग अस्पताल टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । 


स्यालले टोकेका सबैलाई रेबिजविरुद्ध खोप लगाएको छ । स्याललाई गाउँलेहरूले मारेका छन् ।