राजविराज नगरपालिकामा आज बिदा

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०२:०० मा प्रकाशित

राजविराज । सप्तरीको राजविराज नगरपालिका र मातहतका सम्पूर्ण कार्यालयमा सोमबार बिदा दिइएको छ ।

 

०७३ साल फागुन २३ गते राजविराज ९ मलेठमा भएको घटनामा प्रहरीको गोली लागि पाँच जना सहिद भएकोमा सहिदहरुप्रति श्रद्धाञ्जली र स्मरण गर्न सोमबार नगरपालिका र मातहतका सम्पूर्ण कार्यालयमा बिदा दिइएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

 

उक्त घटनाको सोमबार पाँच वर्ष पूरा भएको छ । मलेठ घटनाका सहिदहरुप्रति श्रद्धाञ्जली दिन सोमबार जनता समाजवादी पार्टी सप्तरीले मलेठमा विभिन्न कार्यक्रम गर्ने तयारी समेत गरेको जिल्ला अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।