काठमाडौँ । सेयर बजार समान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ बिन्दुमा पुगेको हो।
आज ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा कुल १९ अर्ब ३६ करोडको कारोबार भएको छ।
आज ६ उपसूचकमध्ये सबैमा हरियाली छाएको छ। आज १२२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १२८ कम्पनीका सेयरमा गिरावट आएको छ। बजारको वृद्धि सँगै तीन कम्पनीमा सकारात्मक सर्किट पनि लागेको छ।