टी २० विश्वकपः बंगलादेशले नेदरल्याण्ड्सलाई हरायो

न्युजलय ३२ जेठ २०८१, शुक्रबार ०२:१२ मा प्रकाशित

एजेन्सी । आइसिसी टी २० विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको छ ।


बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ८ विकेट गुमाएर १३४ रनमात्रै बनायो ।


पहिले ब्याटिङ गरेको बंगलादेशले ५ विकेट गुमाएर १५९ रन बनाएको थियो।


त्यस क्रममा शाकिब अल हसनले अर्धशतक हाने। उनी ४६ बलमा ९ चौका प्रहार गरी ६४ रन बनाउँदै नट आउट रहे।


जितसँगै बंगलादेशले तीन खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको छ। नेदरल्याण्ड तीन खेलमध्ये एक जित निकालेर २ अंकका साथ तेस्रो स्थानमा छ।


नेपाल र श्रीलंका चौथो र पाचौं स्थानमा छ।


तीनमा तीनै खेल जितेर दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै अन्तिम आठ प्रवेश गरिसकेको छ।


अब नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ । नेदरल्याण्ड्सले श्रीलंकासँग खेल्नेछ।