थप १५ जनामा कोरोना पुष्टि

न्युजलय १८ जेठ २०७९, बुधबार १०:५२ मा प्रकाशित

  काठमाण्डौ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टिजेन गरी चार हजार आठ सय ४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप ११ जना कोरोना भाइरस सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

अहिले नेपालमा ९८ जना कोरोना भाइरसको सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरू सबै होम आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।