जम्मु कश्मीरमा पाँच भारतीय सैनिकको मृत्यु

न्युजलय २५ असार २०८१, मङ्गलबार ०४:१५ मा प्रकाशित

काठमाडौँ ।  । जम्मु कश्मीरको कठुआ जिल्लामा भएको हमलामा पाँच सैनिकको मृत्यु भएको छ । सोमबार भारतीय सेनाको गाडीमाथि हमला भएको थियो । 

हमलापछि अहिले पूरै क्षेत्रमा खोजी अभियान चलिरहेको छ ।

यसैबिच भारतीय रक्षामन्त्री राजनाथ सिंहले सैनिकमाथि भएको चरमपन्थीहरूको हमलाप्रति दुःख व्यक्त गरेका छन् ।