धनकुटा । धनकुटा–२ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
स्थानीय नविन राईको घरमा बिहीबार(आज) बिहान आगलागी हुँदा घर भित्रका लत्ताकपडा, भाडाकुँडासहित काठपातलगायत जलेर नष्ट भएको हो । आगलागीले ९ घार मौरी समेत जलेर नष्ट भएको छ ।
घरमा कोही नभएको बेला आगलागी भएको उनले बताए । गाईवस्तुलाई कुडो पकाउने चुलोबाट सल्किएको आगोले घर पूर्णरुपमा जलेर नस्ट भएको छ ।
स्थानीय छरछिमेकीहरुको सहयोगले आगो नियन्त्रमा आएको थियो । लगभग एक घन्टा पछि आगो नियन्त्रणमा आएको थियो ।
घरमा आगो लाग्दा मानवीय क्षति नभएको बताइएको छ।