सुनको मूल्य बढ्यो

न्युजलय १७ फाल्गुण २०७९, बुधबार ०४:३८ मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य बढेको जानकारी दिएको हो । 

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यससँगै, सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । 

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार २७० रुपैयाँ कायम भएको जनाएको छ ।