काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगकाअनुसार आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ७२३ मतदाता सहभागी हुन पाउने भएका छन् ।
२०७४ सालमा भएको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४४० मतदाता थिए । यो निर्वाचनमा ३६ लाख बढी मतदाता थपिएका हुन् ।