थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

न्युजलय १३ माघ २०७८, बिहिबार १०:१२ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ ।