नेप्सेमा १.०७ अंकको गिरावट

न्युजलय ४ असार २०८२, बुधबार ०९:२९ मा प्रकाशित

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा कायम भएको छ ।

यसदिन ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । 

आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यसपछि जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले समान ९।९९ प्रतिशतका दरले कमाएका छन् ।