विमानस्थलबाट सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ०६:४९ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित पाँचजना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

एक हजार ३११ ग्रामको सुनको औठी र चुरासहित उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिकहरू राहदानी ३० वर्षीय तौहिदुल तनवीर, ३० वर्षीय एमडी युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल ईस्लाम र ३७ वर्षीय एमडी मिराजुल ईस्लाम रहेका छन् ।

पक्राउमध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुनजस्तो धातु बरामद भएको हो ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त परिमाणको सुन फेला परेको हो ।