सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई गृहले कारबाही गर्ने

न्युजलय २१ फाल्गुण २०७८, शनिवार ०१:४३ मा प्रकाशित

काठमाडौँ । सामाजिक सञ्जालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षा निकायसँग सम्बन्धी भिडियो तथा तस्बिरको दुरुपयोग गरी अफवाह फैलाउने तथा समाजमा खलल पुर्‍याउने काम नगर्न सरकारले सचेत गराएको छ ।

 

यदि कसैले फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा भ्रामक तथा झुटा शीर्षक राखी भिडियो र तस्बिर शेयर गर्दै सामाजिक सद्भाव खलल पुर्‍याउने गरेमा कानुनी कारबाही गरिने भन्दै सरकारले सचेत गराएको हो । शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे सचेत गराएको हो ।