सुनसरीमा थपिए २२ हजारभन्दा बढी मतदाता

न्युजलय २२ पुस २०७८, बिहिबार ०८:२५ मा प्रकाशित

सुनसरी । सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् ।

स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन् ।

जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखी १९ पुससम्म संचालन भएको थियो । पहिलो चरणको १७ मंसिरदेखी २ पुससम्मको विशेष कार्यक्रमअन्तर्गत १० हजार ३२४ जना मतदाता थपिएका हुन् ।

थपिएका मध्ये इटहरीमा तीन हजार ६६२ जना रहेका छन् ।  सुनसरीमा १२ वटा स्थानीय तह र ४ वटा निर्वाचन क्षेत्र छन् ।