सिरहा । सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सिरहाको लहान नगरपालिका–१९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार(आज) बिहान मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा मुटुसम्बन्धी समस्या थियो ।