काठमाडौं । मौसम विभागले आज र भोलिको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २ का भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।