इटहरी । नेकपा एमाले सुनसरीको ७ औँ जिल्ला अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनमा १८ सय ५ जनाले मतदान गरेका छन् ।
कुल २१ सय ५० जना मतदाता रहेकोमा ३ सय ४५ जना अनुपस्थित रहेको निर्वाचन अधिकृत गोविन्द मिश्रले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो साढे १२ बजे सुरु भएको मतदान साँझ साढे ७ बजे सकिएको हो ।
मतदान अबेरसम्म चलेकाले मतगणना आजै प्ररम्भ हुने सम्भावना कम रहेको उनले जानकारी दिए । अन्य कुरा याथावत रहेमा भोली बिहानदेखि मतगणना सुरु हुने उनले जानकारी दिएका छन् ।