कृष्णबहादुर महरा पक्राउ

न्युजलय ५ चैत २०८०, सोमबार ०५:२९ मा प्रकाशित

काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। 

पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले कपिलवस्तुबाट पक्राउ गरेको हो। 

महरालाई यती एअरको जहाजमार्फत भैरहवाबाट काठमाडौँ ल्याइँदै छ। 

इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परेका थिए। 

केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराकोसमेत संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए।