मिनीबसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु

न्युजलय ५ फाल्गुण २०७८, बिहिबार ०४:५५ मा प्रकाशित

काठमाडौं । बालाजुमा बसले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । 

मिनीबसको ठक्करबाट घाईते भएको दुई जना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बालाजु गंगा हल अगाडि दुर्घटना भएको महाशाखाले जनाएको छ । मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी  महिला छन् ।

मिनीबसले ठक्कर दिएर फरार रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।