देशभर थप ८६८ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

न्युजलय २६ साउन २०७९, बिहिबार ०२:४९ मा प्रकाशित

इटहरी । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।


यही अवधिमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


हाल नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।