काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा शुक्रबार भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको अरनिको यातायातको बस बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार बसमा २५ देखि ३० जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा घाइते भएका १७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको र अन्य घाइतेहरूको उद्धार तथा खोजी कार्य जारी छ।