काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य २ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।