संखुवासभा । संखुवासभामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहिबार(आज) मादी नगरपालिका–६ मा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।
सोही दुर्घटनामा १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते भएका ५ जनालाई सदरमुकाम चैनपुर अस्पताल लगिएको जनाइएको छ ।
दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे संखुवासभाको मादी –६ सातघुम्तीमा दुर्घटनामा परेको थियो ।