काठमाडौँ । सोमबार (आज) सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।