बुद्ध एयरको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण

न्युजलय ३१ असोज २०८१, बिहिबार ०६:१४ मा प्रकाशित

काठमाडौँ । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

बिहीबार बिहान साढे ६ बजे बुद्ध यएरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो।

इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरी काठमाडौँ  विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ ।  



‘