चोरीको मोटरसाइकल चलाउने वडाअध्यक्ष पक्राउ

न्युजलय ९ बैशाख २०७९, शुक्रबार ०२:४७ मा प्रकाशित

काठमाडौँ । चोरीको मोटरसाइकल चलाउने गरेको आरोपमा जाजरकोटका एक वडाअध्यक्ष पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन रहेका छन् ।


गत वैशाख ४ गते नलगाडको कल्पतस्थित सडकमा सवारी धनी कागजात नभएको लु ५९ प ०२१७ नम्बरको मोटरसाइकल बरामद् भएको थियो ।


बरामद् मोटरसाइकल वडाध्यक्ष पुनले चलाइरहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।


वैशाख ६ गते पक्राउ परेका पुनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।