आज पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

न्युजलय ८ फाल्गुण २०७८, आइतबार ०१:१३ मा प्रकाशित

काठमाडौं । आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको हो ।

 

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागको थोरै स्थानमा भने मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले जनाएका छन् । 


आज बिहान पहाडी भू-भागमा आंशिक बदली लागेको छ । साथै, तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।