विराटनगर । विराटनगरस्थित एक होटल सञ्चालकमाथि मंगलबार साँझ खुकुरी प्रहार भएको छ।
मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो । उनको देब्रे हात र नाकको डाँडीमा चोट लागेका छ ।
उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ। गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि खुकुरी प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ। विराटनगर महानगरपालिका ९ का सावन दास र विनोद रायले साँझ करिब ६ बजेतिर भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।
घटनापछि दास र राय फरार छन्।