सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित पूर्व-पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा तीर्थयात्रु चढेको बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय केशरगञ्जका अनुसार बसमा सवार ३४ जनामध्ये नौ जना सकुशल रहेका र एक जनाको अवस्था गम्भीर रहेको द्ध।
धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी पुगेर फर्किंदै गरेको प्रदेश ३-०१-००५ ख ९८६० नम्बरको बस फूलजोर चोक नजिकै अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएका र त्यसमध्ये २४ जना सामान्य घाइते भएका छन्।
उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भई घर फर्किएका र एक जनालाई उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलबासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।
उनका अनुसार मोरङको पारिश्रमिक सहकारी संस्थाका सदस्यहरुले रिर्जभ गरेर स्वर्गद्वारी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटना भएको यात्रु बसका चालक र साहु भने प्रहरीको सम्पर्कमा नै रहेका छन्।