पोखरा । गण्डकी प्रदेशभित्र रगतको शुल्क नलाग्ने भएको छ । ७ सय देखि १ हजार रुपैयाँसम्म शुल्क लिने गरिएकोमा प्रदेश सरकारले परीक्षण र अन्य शीर्षकमा लाग्ने शुल्क व्यहोरिदिने भएको हो । जसले गर्दा नागरिकलाई निस्शुल्क रगत उपलब्ध हुनेछ ।
फागुन १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गर्न लागिएको हो । रगतको शुल्क भुक्तानीका लागि जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समिति मार्फत अस्पताल समक्ष बिल भरपाई पेश गर्नुपर्ने छ । रक्तदाताले निःशुल्क दिएको रगतको मुल्य लिन नहुने आवाज उठ्दै आएको थियो ।