गोरखामा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प

न्युजलय ३१ असोज २०७८, आइतबार ०१:४४ मा प्रकाशित

काठमाण्डौ । गोरखामा आइतबार बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्प हो । यो भूकम्पपछि सयौँ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।