काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेस भएको छ ।
बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गरिरहेका बेला सत्ता गठबन्धनसम्बद्ध नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र नेकपा माओवादी केन्द्रका सांसदहरूले समेत विरोध जनाएका हुन् ।
बैठकमा नेकपा एमालेले आफ्नो निरन्तरको विरोधलाई जारी राखेको छ भने सत्तारुढ दलहरूले एमसीसी सम्झौता टेबल भएकोमा विरोध जनाएका हुन् ।