काठमाडौं । नेकपा एमालेले विद्या भट्टराईलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रवार(भोली) हुने निर्वाचनका लागि एमालेले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । लोसपाले चन्दाकुमारी चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।