जिम्मेवार पत्रकारिता आजको आवश्यकताः ओली

न्युजलय २७ फाल्गुण २०७८, शुक्रबार ०८:२८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन्।

नेकपा एमाले निकट पत्रकारहरूको पोखरामा सुरु भएको प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।

ओलीले पत्रकारलाई कलम चलाउँदा देश, जनता र विकासप्रति गम्भीर हुन आग्रह गरेका छन्।

उनले न्यायको निम्ति उभिने प्रेस आजको आवश्यकता भएको बताएका छन्। त्यसैले कुनै लोभप्रलोभमा नपरेर स्वतन्त्र भएर कलम चलाउन उनको आग्रह छ।