काठमाडौं जाँदै गरेका माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते

न्युजलय १७ भदौ २०७९, शुक्रबार ०६:१४ मा प्रकाशित

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।

घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । 

नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।