स्थानीय चुनावका लागि साढे दुई लाख जनशक्ति आवश्यक

न्युजलय ६ फाल्गुण २०७८, शुक्रबार ०१:१४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय  तह  निर्वाचन,  २०७९  का  लागि  जनशक्ति  (व्यवस्थापन)  निर्देशिका,  २०७८  स्वीकृत गरेको छ ।

 

निर्देशिका स्वीकृत भएपछि निर्वाचन  प्रयोजनका  लागि  आवश्यक  पर्ने  जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ ।

 

बिहीबार  आयोजित  पत्रकार  सम्मेलनमा  आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलले  स्थानीय निर्वाचनमा आयोगको दरबन्दीबाहेक दुुई लाख ६५ हजारभन्दा बढी कर्मचारी आवश्यक पर्ने बताए ।


देशभरि २३ हजार पाँच सय मतदान केन्द्र हुने आयोगले अनुमान गरेको छ । पाँच सय मतदाता हुने मतदान केन्द्रमा सात जना र सोभन्दा बढी मतदाता हुने केन्द्रमा नौ जना कर्मचारी आवश्यक हुने मापदण्ड निर्धारण गरिएको छ ।