इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, सङ्खुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको हो।
प्रदेश १ मा आज ८४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७३ महिला र ४७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।