उदयपुरमा पानीमा डुबेर बालकको मृत्यु

न्युजलय २० माघ २०७८, बिहिबार १०:५८ मा प्रकाशित

उदयपुर । उदयपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। 

त्रियुगा नगरपालिका–७ स्थित नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दोलखा घर भई त्रियुगा –७ मा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारीको मृत्यु भएको हो।   

प्रहरीका अनुसार अधिकारी बिहीबार(आज) दिउँसो त्रियुगा खोलाको नहरमा खेल्दै थिए। अधिकारीकी आमाले पानीमा डुबेका छोरालाई अचेत अवस्थामा फेला पारेकी थिइन्। 

घटनापछि अधिकारीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो।  प्रहरीले उनको उपचारको क्रममा मृत्यु भएको बताएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ।