कारागार प्रशासनलाई नै थाहा नदिइ कैदी सारिएपछि ...

न्युजलय ११ बैशाख २०७९, आइतबार ०३:२४ मा प्रकाशित

इटहरी । सुनसरीस्थित झुम्का कारागारमा कैदी सरुवा प्रकरण विवादीत बनेको छ । गृहमन्त्रालयको निर्देशनमा कारागार प्रशासनलाई समेत थाहा नदिइ कैदीहरुको सरुवा गरिएपछि छानविन गर्नुपर्ने माग गरेका छन् । 

सामान्यतया कैदी बन्दीहरूको सरुवा गर्दा कैद भुक्तान गरिरहेको कार्यालयबाट कैदी बन्दीहरूलाई निवेदन दिन लगाएर सम्बन्धित कार्यालयको सिफारिसमा कारागार व्यवस्थापन विभागले कैदी बन्दीहरूको सरुवा गर्ने नियम छ । तर, कारागार व्यवस्थापन विभागको योजनामा अप्रत्याशित रूपमा कैदी बन्दीहरूको सरुवाको पत्र पठाएपछि आर्थिक चलखेल भएको आरोप लागेको छ ।

स्रोतका अनुसार झुम्का कारागारमा हुने कैदी सरुवा त्या सरुवा भएर आउने कर्मचारीहरू डकैती मुद्दामा आठ वर्ष कारागार जीवन बिताएका कमल तामाङको इसारामा हुने गरेको र उनको नजिकका मान्छे त्यहाँका कर्मचारी र चौकीदार हुने गरेका छन् । झुम्का कारागारमा चौकीदार बन्ने व्यक्तिले ठूलो रकम हिनामिना गर्ने र आर्थिक लाभ पाउने भएकोले आफुअनुकुल चौकीदार राख्न मन्त्री, सांसदहरु नै खोजिरहेका हुन्छन् ।

झुम्का कारागारको बी ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र ए ब्लकका चौकीदार समेत रहेका जोन नाल्बो लिम्बू सहित तामाङको विरोध गर्ने १७ जना कैदी र ८ गते थप ५ जना कैदी महेन्द्र लिम्बु राजेश राई पाँचथर र सुरज लिम्बु, विक्रम लिम्बु लगायतलाई इलाम गरी एक साता भित्र २२ जना कैदी सारिएको बताइएको छ । 

रागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले भने गृह मन्त्रालयको निर्देशनमा उनीहरूलाई सरुवा गरिएको बताए ।