संखुवासभामा रुखले किचेर महिलाको मृत्यु

न्युजलय ७ माघ २०८०, आइतबार ०५:५३ मा प्रकाशित

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मृत्यु हुनेमा तुम्लिङटारकी ६२ वर्षीया दिलकुमारी घिमिरे रहेकी छन् ।

घर नजिकैको जंगलमा दाउरा काट्न गएकी घिमिरेको दाउरा काट्न लाग्दा रुखले किचेर घटनास्थलमै मृत्यु भएको जगेबुले बताए प्रहरीले जनाएको छ । 

घिमिरेको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।