सिरहा । सिरहामा बावुले आफ्नै छोराको हत्या गरेका छन् ।
३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी ६० वर्षीय सोनाई सदायले हत्या गरेका हुन् ।
हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका–२ पट्ना बस्ने सोनाई सदायलाई मंगलबार(आज) बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वाद विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।