प्रकाशपुर : बडादशैँको अवसर पारेर बराहक्षेत्रमा नाटक प्रदर्शन गरिएकाे छ ।
बराहक्षेत्र ८ मा रहेको साइनाे नाट्य समूहद्वारा आयोजित नाटकको लेखन तथा निर्देश प्रवीण खड्काले गरेका थिए ।
सोमबार बराहक्षेत्र ८ पुलहाको शान्ति चाैकमा प्रदर्शन गरिएको नाटक `पूर्णविराम´मा बराहक्षेत्रका स्थानीय रङ्गकर्मीहरु रबिन बस्नेत, अनुप खड्का, अस्मिता बस्नेत, दिपेश कार्की, ताराबहादुर काेइराला, आर्जन बस्नेत, आशिष धामी, मनाेज बस्नेत, सिताराम राेक्का, जीवन भण्डारी, सुदिप कार्की, रिदिमा बस्नेत, अनुष्का बस्नेत, प्रदीप खड्का, प्रेम भण्डारी र इन्दिरा काेइरालाकाे अभिनय रहेकाे थियाे ।
समसामयिक घटनामा आधारित रहेको नाटकमा मानिसको जीवनमा रहर, बाध्यता र आकस्मिक घटनाले सिर्जित परिस्थितिले जीवनमा कसरी पुर्णविराम लाग्ने रहेछ भन्ने कुरालाई प्रस्तुत गरेकाे थियाे ।
समाजमा शारीरिक तथा मानसिक रुपमा कमजाेर मानिसहरू कसरी अन्यायमा पर्छन् भन्ने कुरालाई समेत प्रस्तुत गर्न खाेजेकाे लेखक तथा निर्देशक प्रवीण खड्काले बताए ।
ग्रामीण क्षेत्रमा रहेर २०५६ साल देखि साइनाे नाट्य समुहले कला तथा सिर्जनाका माध्यमबाट समाजमा हुने विविध किसिमका अन्याय, हिंसा तथा विविध घटनालाई प्रस्तुत गर्दै आएको छ ।