विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अपील

न्युजलय १५ मङ्सिर २०७८, बुधबार ०९:४४ मा प्रकाशित

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) को जोखिम बढेको भन्दै सरकारले विदेश यात्रा नगर्न आग्रह गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेको हो।

केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ।

विश्व स्वास्थ्य संगठनले यो भेरिएण्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ। 

यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पार्ने बताइएको छ।

त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।