काठमाडौं । पाँचथरको याङवरकमा एक जना मजदुरको सुतेकै ठाउँमा मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत पाँचथरको याङवरकमा जाजरकोट जिल्लाको नलघाट ३ घर भएका ४९ वर्षीय मानबहादुर थापाको मृत्यु भएको हो ।
याङवरक १ च्याङथापुमा रहेको मध्यपहाडी लोकमार्गको काममा खटिएका उनको फिल्डमा टाँगिएको त्रिपालमुनी सुतेकै अवस्थामा निधन भएको हो । उनलाई सहकर्मीहरुले मध्यरातमा मृत अवस्थामा भेटेका थिए ।
हिजो साँझको खाना सँगै खाएका सहकर्मी लाखापाखा लागेपछि सुत्न गएका उनलाई नाकबाट रगत बगेको अवस्थामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जानकारी पाएलगत्तै गएको प्रहरी टोलीले आज बिहान घटनास्थलको प्रकृति मुचुल्का उठाइ पाँचथर अस्पतालमा पोष्टमार्टम गरेपछि जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।