२४ लाख ५० हजार रुपैयाँसहित एक युवक पक्राउ

न्युजलय १३ भदौ २०७९, सोमबार ११:११ मा प्रकाशित

बुटवल । स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक युवा पक्राउ परेका छन् । रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिका ८ सुख्खानगर बस्ने २८ वर्षीय सन्दीप शाक्यलाई पक्राउ गरेको हो । 

रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त रकम बरामद गरेको हो ।

बरामद गरेको रकम सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।